
सोमवार , कार्तिक १७, २०७७
भैरहवा, १७ कार्तिक ।
रुपन्देही प्रहरीले साढे ९ लाख बढीको विभिन्न सामान बरामद गरेको छ । भन्सार छली, चोरी पैठारी, निकास गरी अवैध रुपमा ओसारपोसार गर्दै गरेको ९ लाख ६३ हजार ५ सय ७५ रुपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्क बहादुर खत्रीले बताए ।
आइतबार रियलमी सी–११ दश थान, रेडमी–९ दश थान, रेडमी नोट–९ दश थान, स्मार्ट फोर प्लस पाँच थान, रियलमी सी–१२ पाँच थान, रियलमी नार २०२० ए तीन थान, डिस्प्ले एकसय पाँच थान, लु ६१ प ५५०१ नम्बरको १५० सीसीको मोटरसाइकल १ थान, मटर २७ बोरा, धान ७ बोरा, प्याज ११ बोरा, साइकल ७ थान, कुर्ता सुरुवाल २० पिस, जुत्ता साना ठूला २५ जोर, काजु ७२५ के.जी. र पानी पुरी ४८ के.जी.बरामद गरी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको खत्रीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij