२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

देवदह नगरपालिका कार्यालयबाट प्रवाह गरिने सेवा कार्तिक २१ सम्म बन्द

आइतवार , कार्तिक १६, २०७७

भैरहवा, १६ कार्तिक ।

रुपन्देहीको देवदह नगर कार्यपालिकाको  कार्यालयबाट प्रवाह गरिने अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सेवाहरु कार्तिक १७ देखि कार्तिक २१ गतेसम्म स्थगन (बन्द) गरिएको छ । 

नगरपालिकाको कार्यालय अन्तर्गत १२ जना कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएकोले सम्पूर्ण सेवाहरु पाँच दिनका लागि स्थगन गर्न बाध्य भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले बताए ।

‘यस अघि ७ जना कर्मचारीमा कोभिड पोजेटिभ देखिई होम आइसोलेशनमा बसिरहेको अवस्थामा आइतबार फेरी थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको र अत्याधिक कर्मचारीहरु कन्ट्याक्ट ट्रेसिङ्गमा पर्नुभएकोले सेवा प्रवाह स्थगन गरेका छौं, पाण्डेले भने ।‘ यसबाट पर्न गएको असुविधाप्रति नगरपालिका क्षमाप्रार्थी छ, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेद्वारा आइतबार जारी गरिएको सूचनामा उल्लेख छ ।

123478778_1647914368703103_1223320374998197219_n.jpg