२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

सेञ्चुरी बैंकद्वारा भानु माविलाई एक लाख सहयोग

बिहिवार , चैत्र १०, २०७८

भैरहवा, १० चैत ।
सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक दायित्व अन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा अवस्थित भानु माध्यमिक विद्यालयलाई रु एकलाख हस्तान्तरण गरेको छ । विद्यालयको शैक्षिक एवं भौतिक पूर्वाधार विकासमा सहयोग पु¥याउने उद्देश्यले सहयोग गरिएको बैंकका प्रदेश प्रमुख विष्णु तिवारीले बताए ।

बैंकका भैरहवा शाखा प्रमुख प्रकाश गौतमले विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको तथा बैंकले सामाजिक क्षेत्रमा गरेको योगदानले समाजका विभिन्न तहका समुदायहरु लाभान्वित भइरहँदा बैंक स्वयंको गरिमा बढेको बताए ।

कार्यक्रममा बैंकका प्रदेश प्रमुख विष्णु तिवारी र भैरहवा शाखा प्रमुख प्रकाश गौतमले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए । प्रधानाध्यापक सुवेदीले बैंक परिवारलाई धन्यवाद ज्ञापन गर्दै यस्तो सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । यसैबीच बैंकले विद्यालयमा अध्यनरत कक्षा ११ र कक्षा १२ का विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी एकदिने तालिम समेत प्रदान गरेको छ ।