
शनिवार , कार्तिक १५, २०७७
भैरहवा, १५ कार्तिक ।
रुपन्देहीमा शनिबार थप ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा २४ महिला र ४७ जना पुरुष छन् ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार शनिबार बुटवल उपमहानगरपालिकाका २७, सिद्धार्थनगर नगरपालिकाका २३, तिलोत्तमा नगरपालिकाका १५, देवदह र सैनामैना नगरपालिकाका २/२, ओमसतिया र कञ्चन गाउँपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै रुपन्देहीमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ हजार १ सय ७४ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए । जिल्लामा ४ हजार १ सय ३५ कोरोना संक्रमित निको भइसकेका छन् भने १ हजार ७ सय ८५ जना उपचाररत छन् ।
स्वास्थ्य कार्यालयका अनुसार रुपन्देहीमा हालसम्म ७४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij