२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

रुपन्देहीमा कोरोनाबाट निको हुनेको संख्या ४ हजार नाघ्यो

शुक्रवार , कार्तिक १४, २०७७

भैरहवा, १४ कार्तिक । 
रुपन्देहीमा हालसम्म कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या ४ हजार नाघेको छ । शुक्रबार सांझसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ४ हजार ५३ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।

त्यस्तै शुक्रबार थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा ४० महिला र ४० जना पुरुष छन् । 

स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार बुटवल उपमहानगरपालिकाका २५, सिद्धार्थनगर नगरपालिकाका २०, तिलोत्तमा नगरपालिकाका १६, सैनामैना नगरपालिकाका १२, देवदह नगरपालिका, कञ्चन गाउँपालिकाका २/२, रोहिणी, सम्मरीमाई र ओमसतिया गाउँपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ हजार १ सय ३ पुगेको छ ।

त्यस्तै जिल्लामा १ हजार ९ सय ७७ जना कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ७३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।