२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रुपन्देहीमा हराएको गहना प्रहरीले फेला पार्‍यो

बिहिवार , कार्तिक १३, २०७७

भैरहवा, १३ कार्तिक । 
रुपन्देहीमा प्रहरीले हराएको १०/११ तोला सुन फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ । जिल्लाको सैनामैना नगरपालिका–४ मुर्गियाकी विन्दु पोखरेलको हराएको गरगहना इलाका प्रहरी कार्यालय, बुटवलको टोलीले फेला पारेर बुझाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्क बहादुर खत्रीले बताए ।

कार्तिक १२ गते सांझ कपिलवस्तुबाट बुटवल आउने क्रममा बुटवल उपमहानगरपालिका–७ भुड्कीचोकबाट कपडाको झोलासहित सुनका गरगहना हराएको भन्ने लिखित रुपमा इप्रका बुटवलमा सूचना प्राप्त भएपछि प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उक्त गरगहना फेला पारेको हो । 

बुटवल उपमहानगरपालिका–७ बसपार्कमा बेवारिसे अवस्थामा फेला पारी इप्रका बुटवलमा दाखिला गरी बिहीबार उक्त कपडाको झोलासहितको गरगहना सम्बन्धित धनीलाई बुझाइएको प्रहरीले जनाएको छ ।