शनिवार , चैत्र ५, २०७८
भैरहवा, ५ चैत ।
कृषि विकास बैंक लुम्बिनी शाखाले लुम्बिनी विकास कोष भित्र रहेको विश्व शान्ति दीप अगाडी एटीएम सेवा सञ्चालनमा ल्याएको छ । एटीएम सेवाले ग्राहकलाई सहजता प्रदान गर्ने उद्देश्यसहित उक्त सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
एटीएम सेवाको शनिबार एक कार्यक्रमकाबीच लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय), कृषि विकास बैंक सञ्चालक समितिका अध्यक्ष रमेश कुमार के.सी., बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उद्घाटन गरेका हुन् ।
‘सम्पूर्ण बैंकिङ सुविधासहितको तपाईं हाम्रो घर आगनको बैंक’नारासहित कृषि विकास बैंकले ग्राहकलाई विभिन्न सेवा प्रदान गर्दै आएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij