२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

रुपन्देहीमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

बिहिवार , कार्तिक १३, २०७७

भैरहवा, १३ कार्तिक । 
रुपन्देहीमा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । बिहीबार थप ७६ जनामा जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या ६ हजार २३ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार बिहीबार बुटवल उपमहानगरपालिकाका २१, सिद्धार्थनगर नगरपालिकाका १२, तिलोत्तमा नगरपालिकाका ३२, देवदह नगरपालिकाका ६, सैनामैना नगरपालिकाका २, शुद्धोधन, ओमसतिया र कञ्चन गाउँपालिकाका १/१ जनामा कोरोना  संक्रमणको पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा २९ महिला र ४७ जना पुरुष रहेका छन् । त्यस्तै बुधबार २९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा हालसम्म ३ हजार ८ सय ९७ जना कोरोना संक्रमित निको भएका छन् ।  त्यस्तै रुपन्देहीमा २ हजार ५५ जना कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ७१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।