२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

आर्थिक सुशासनका लागि नेतृत्व विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

शुक्रवार , चैत्र ४, २०७८

रुपन्देही, ४ चैत ।
दायित्वले लुम्बिनी प्रदेशका तीन पालिकाहरु (मुसिकोट, सुनवल र तिलोत्तमा) का नगरप्रमुख, उपप्रमुख, राष्ट्रसेवक तथा जनप्रतिनिधिहरुको आर्थिक सुशासन तथा नीतिगत नेतृत्व क्षमता सबलीकरण गर्ने उद्देश्यले लुम्बिनीमा आयोजित दुईदिने आर्थिक सुशासनका लागि नेतृत्व प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

युवा रोजगारीलाई प्रबद्र्धन गर्नका लागि स्थानीय सरकारहरुले आफ्ना समुदायमा सक्रिय भूमिका खेल्न सकुन् भन्ने उद्देश्यले पालिका तहका सरकारको नीतिगत नेतृत्वलाई सुदृढीकरण गर्दै ग्रामीण युवाको रोजगारमा सुधारमार्फत नेपालको समावेशी आर्थिक वृद्धिलाई थप गति प्रदान गर्ने अभिप्रायसहित यो कार्यक्रम संयोजन गरिएको हो । 

तीन चरणमा आयोजना गर्ने गरी ६ भागमा बाँडिएको प्रशिक्षण कार्यक्रमको पोखरा (पहिलो र दोस्रो), धुलिखेल (तेस्रो र चौथो) तथा लुम्बिनीमा (५ र ६ औं) भाग आयोजना गरिएको हो । 

पोखरामा अर्थ राजनीतिको चित्रण र अनुकुलनीय नेतृत्वको मूलतत्व र धुलिखेलमा स्थानीय शासनको आर्थिक दृष्टिकोणको आकारीकरण र सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादनको सुदृढीकरण रहेको थियो । त्यस्तै लुम्बिनीमा आयोजित प्रशिक्षणमा भने नीति कार्यान्वयनका बहुआयामिकता र शासकीय नवप्रवर्तनका दिगो निरन्तरतालाई विषयमा केन्द्रीत थियो । 

लुम्बिनी प्रदेश प्रमुख माननीय अमिक शेरचनको प्रमुख आतिथ्यमा शुभारम्भ भएको कार्यक्रम सुशासन अन्यायमा परेकालाई न्याय दिएर मात्र नभइ स्वास्थ्य, शिक्षा, आधारभुत आवश्यकतामा पहुँच नभएकाहरुको सुनिश्चित गर्न सक्नुपर्ने प्रदेश प्रमुखको सन्देशसहित पहिलो दिन सम्पन्न भएको थियो ।

प्रशिक्षणका विभिन्न सत्रहरु नेपाल सरकारका पूर्व सचिवहरु कृष्ण ज्ञवाली, शरदचन्द्र पौैडेल, कृष्णहरि बाँसकोटा, पूर्णचन्द्र भट्टराई, सञ्चारकर्मी एवं अधिकारकर्मी नम्रता शर्मा, जलवायु संरक्षण अभियन्ता सिलसिला आचार्य, मुटुरोग विशेषज्ञ भगवान कोइराला र दायित्वका अध्यक्ष डा. पुकार मल्लद्वारा सहजीकरण गरिएको थियो । 

दुई दिनका दौरान सहभागीहरुलाई निम्न विषयहरु (असल सार्वजनिक नीति, सार्वजनिक सेवामा व्यावहारिक दृष्टिकोण, आन्तरिक युवा रोजगारी, कानून र स्थानिय विकास, संघीयताको आर्थिक परिकल्पना, तथ्यमा आधारित नीति निर्माण, सार्वजनिक नीति साझेदारी, स्थानिय सरकार वित्त व्यवस्थापन, सदाचार संस्कृति आर्थिक सुशासन, अर्थ राजनीति दृष्टिकोण र विश्लेषण, समावेशी नगर सुशासन अनुकुलनीय नेतृत्व, नेतृत्वकर्ताको परिचय, नवप्रवर्तनको नेतृत्व, आत्मप्रेरणा र समानुभूति, सेवा मानसिकता, वातावरणीय सुशासन, लैंगिक उत्तरदायि बजेट, दिगाविकास लक्ष्यहरुको स्थानीयकरण, सकारात्मक दृष्टिकोणको विकास राज्यको क्षमता निर्माण) मा प्रशिक्षित गरिएको थियो ।  

डा. भगवान कोइरालाको जीवनमा अनपेक्षित चुनौती आउँछन् तर हामी सदैव धैर्य भएर आप्नो जिम्मेवारी र कर्तब्यबोध भई कर्मशील बन्न सक्नुपर्छ भन्ने सेवावचनसहित दोस्रो दिन विशेष बनेको दायित्व, ललितपुरका अध्यक्ष डा. पुकार मल्लले बताए ।