२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

पत्रकार चौहानलाई मधेशी पत्रकार समाज रुपन्देहीले गर्‍यो सहयोग

बुधवार , कार्तिक १२, २०७७

भैरहवा, १२ कार्तिक ।
पितृशोकमा परेका पत्रकार विन्दु कुमार चौहानलाई मधेशी पत्रकार समाज नेपाल, रुपन्देहीले आर्थिक सहयोग गरेको छ । समाजले चौहानको घरमै पुगेर आर्थिक सहयोग गरेको हो ।

समाजका सदस्यहरुले संकलन गरेको रकम समाजका कोषाध्यक्ष रबिन्द्र प्रताप गुप्ता, सदस्य महेश गुप्ता, दिपक जैसवाल र सल्लाहकार अनिल तिवारीले बुधबार चौहानको घरमा पुगेर हस्तान्तरण गरेका हुन् ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११ मोगलाह बस्ने चौहानका बुबा सिताराम चौहानको ७१ वर्षको उमेरमा असोज २६ गते उपचारको क्रममा मृत्यु भएको थियो । 

समाजका सदस्य विन्दु कुमार चौहानलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाका सदस्यहरुबाट संकलित रकम हस्तान्तरण गरिएको मधेशी पत्रकार समाज रुपन्देहीका अध्यक्ष राधेश्याम विश्वकर्माले बताए । ‘दुःखमा परेको बेला एक–अर्कालाई सहयोग गर्नु नै मानवीय धर्म हो, विश्वकर्माले भने ।’

पत्रकार चौहान विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । हाल उनी बुद्ध सामुदायिक टेलिभिजन एबिसी टेलिभिजन, बुटवल टुडे दैनिक, लुम्बिनीखबर अर्ध साप्ताहिक लगायत सञ्चारमाध्यममा लुम्बिनीबाट रिपोर्टिङ गर्छन् ।

यस अघि लुम्बिनी प्रेस क्लबले पनि चौहानलाई आर्थिक रकम प्रदान गरेको थियो ।