२०८२, माघ ३ गते

Jan 17 2026 | २०८२, माघ ३ गते

सर्वाधिक रुचाईएको करेन्टको नयाँ चाउचाउ र चिजबल्स बजारमा

मंगलवार , चैत्र १, २०७८

  • 6.0K
    Shares
  • 6.0K
    Shares
  • भैरहवा। यशोदा फुड्स प्रालिले फरक स्वादका साथ नयाँ चाउचाउ र चिजबल्स बजारमा ल्याएको छ। उद्योग स्थापनाको छोटो समयमै स्वदेशी तथा बिदेशी बजार कब्जा गर्न सफल भएको यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिजबल्स बजारमा ल्याएको हो। 

    मिठो पिरो चाउचाउको रुपमा नेपाली बजारमा सर्वाधिक रुचाईएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी चाउचाउ र चिजबल्स सार्वजनिक गरेको हो। 

    Curent.jpeg
    यशोदा फुड्सले बजारमा ल्याएको फरक स्वादको नयाँ चाउचाउ र चिजबल्स 

    उद्योगले सुपर प्रीमियम चाउचाउ अन्तर्गत करेन्ट चिज एण्ड चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको छ। सुपर प्रिमियम चाउचाउ अन्तर्गत नेपालमै पहिलो पटक करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स फेमिली प्याकमा उपलब्ध गराएको प्रा.लि.का प्रबन्धक मधुसुदन घिमिरेले जानकारी दिए। यसको प्रति प्याकेटको मूल्य १ सय २० रुपैयाँ र तौल १ सय २० ग्राम रहेको छ । उद्योगले चिजको स्वादमा ५० रुपैयाँ पर्ने चिजबल पनि सार्वजननिक गरेको छ ।

    कार्यक्रममा यशोदा फुड्सका निर्देशक नरिश्वर शर्मा पौडेलले भारत, यूरोप, कोरिया, जापान, अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया लगायतका देशमा समेत आफ्नो उत्पादन निर्यात गरि अर्थतन्त्रमा योगदान पु¥याएको बताए। 

    करेन्ट चाउचाउ नेपालमा सर्बाधिक रुपमा रुचाईएको नेपालमै सर्वाधिक बिक्रि हुने चाउचाउको सुचिमा रहेको कम्पनीको दाबी छ। प्रालिले १५० बढी डिलर सञ्जालबाट आफ्ना उत्पादनलाई बजारमा पु¥याएको कम्पनीले जनाएको छ। 

    ३ हजार ५ सयभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्दै आएको उद्योगको दाबी छ। यी उत्पादनले विदेशबाट हुने चाउचाउ आयातलाई विस्थापित गर्ने कम्पनीले दाबी गरेको छ ।