२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

रुपन्देहीमा मंगलबार थपिए ८४ जना कोरोना संक्रमित

मंगलवार , कार्तिक ११, २०७७

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, ११ कार्तिक । 
    रुपन्देहीमा मंगलबार थप ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ३७ महिला र ४७ जना पुरुष रहेका छन् । त्यस्तै सोमबार (विजया दशमी)को दिन जिल्लामा २८ जनामा कोरोना पुष्टि भएको थियो ।

    स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार मंगलबार बुटवल उपमहानगरपालिकाका ३५, सिद्धार्थनगर नगरपालिकाका २२, तिलोत्तमा नगरपालिकाका २१, सैनामैना नगरपालिकाका ३, ओमसतिया गाउँपालिकाका २ र देवदह नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यो संगै रुपन्देहीमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ हजार ९ सय १८ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।

    जिल्लामा हालसम्म ३ हजार ७ सय २७ जना कोरोना संक्रमित निको भएका छन् ।  त्यस्तै रुपन्देहीमा २ हजार १ सय २३ जना कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ६८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।