बुटवल, ७ साउन ।
लायन्स क्लब अफ बुटवल देउरालीले वृक्षारोपण तथा मन्दिरलाई आर्थिक सहयोग गरेको छ । बुधबार एक कार्यक्रममा बिच बुटवल उपमहानगरपालिका वडा नम्बर १५ स्थित चम्कीपुरको शिव मन्दिर ब्यवस्थापन समितिलाई १ लाख रुपैया आर्थिक सहयोगका साथै वृक्षारोपण गरेको हो ।
कार्यक्रममा पिडिजी महेन्द्र नारायण श्रेष्ठ, डिष्टिक कोर्डिनेटर पुरुषोत्तमभक्त प्रधानाङ, डिष्टिक डिपार्टमेन्ट चिफ लक्ष्मण रेग्मी, एरिया ४ चिफ सन्दिप कसौधन, रिजन चेयरपर्सन विजय गुप्ता, एक्स्टेन्सन चेयरपर्सन भोजराज पाण्डे, वडा नम्बर १५ का वडाअध्यक्ष डम्बर बहादुर भण्डारी, नागेन्द्र प्रसाद आचार्यले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद उपाध्यायलाई चेक हस्तान्तरण गरेका थिए ।
क्लबको सामाजिक उत्तरदायित्व अन्तरगत मन्दिर सुधारका लागि रकम सहयोग गरिएको क्लबका अध्यक्ष रमेश प्रसाद पाण्डेले बताए । कार्यक्रममा पिडिजी महेन्द्र नारायण श्रेष्ठ, डिष्टिक कोर्डिनेटर पुरुषोत्तमभक्त प्रधानाङ, डिष्टिक डिपार्टमेन्ट चिफ लक्ष्मण रेग्मी, एरिया ४ चिफ सन्दिप कसौधन, रिजन चेयरपर्सन विजय गुप्ता, एक्स्टेन्सन चेयरपर्सन भोजराज पाण्डे, वडा नम्बर १५ का वडाअध्यक्ष डम्बर बहादुर भण्डारी, नागेन्द्र प्रसाद आचार्य, टोल विकास संस्थाका अध्यक्ष जितेन्द्र सुवेदी, क्लबका सचिव विष्णु प्रसाद अधिकारीले वृक्षारोपण गरेका थिए । कार्यक्रमका संयोजक रमेश पाण्डेले मन्दिर परिसरमा अमला, कपुर, बेल, सित्तलचिनी, हर्रो बर्रोका एक सय विरुवा रोपिएको बताए ।