२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

लुम्बिनी मनि चेन्जर व्यवसायी संघको अध्यक्षमा पाण्डे

शनिवार , फाल्गुण २८, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, २८ फागुन ।
    लुम्बिनी मनि चेन्जर व्यवसायी संघ भैरहवा रुपन्देहीको सातौं साधारणसभा तथा चौथो अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले ऋषिराम पाण्डेको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । संघको उपाध्यष्मा नरहरि प्रसाद घिमिरे, सहदेव विक्रम शाह, सचिवमा पंकज उदास, सह–सचिवमा बासुदेव खनाल र कोषाध्यक्षमा लोकनाथ ज्ञवाली निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त प्रख्यात बन्जाडेले बताए । त्यस्तै सदस्यमा नवराज जोशी, इरफान वारिस, राजीव कुमार उदास, राधा शर्मा, अशोक कुमार क्षेत्री, हरि नारायण चापागाई र रमेश कानु रहेको बन्जाडेले जानकारी दिए ।

    नेपाल राष्ट्र सिद्धार्थनगरका उपनिर्देशक जीवन प्रकाश पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य राजेश महोत्रा, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका महासचिव विजय पाण्डे, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, प्रमुख निर्वाचन आयुक्त प्रख्यात बन्जाडे, लुम्बिनी मनि चेन्जर व्यवसायी संघ भैरहवा रुपन्देहीका निवर्तमान अध्यक्ष गोपाल भण्डारी लगायतले बोलेका थिए ।