२०८२, माघ ३ गते

Jan 17 2026 | २०८२, माघ ३ गते

रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाउने निर्णयको संघद्वारा स्वागत

शुक्रवार , फाल्गुण २७, २०७८

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, २७ फागुन ।
    सरकारले रात्रिकालीन व्यवसायमा लगाएको समय सीमा हटाउँदै होटल, रेष्टुरेण्ट, डान्स–दोहोरी–क्लब, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णयको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले स्वागत गरेको छ ।

    संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले नेपाल उद्योग वाणिज्य महासंघले विगतदेखि नै उठाउँदै आएको कुरा सम्बोधन हुनु सकारात्मक भएको बताए । उनले भने, ‘व्यवस्थित ढंगले रात्रीकालीन व्यवसाय सञ्चालन हुनुपर्छ, यसलाई हामीले स्वागत गरेका छौं ।’ उनले उद्योगी व्यवसायीको तर्फबाट सरकारलाई सहयोग गर्ने बताए । रात्रीकालिन व्यवसाय सञ्चालनका लागि स्थानीय सरकार र स्थानीय प्रशासनसँग समन्वय/सहकार्य गरेर अघि बढ्ने उनले बताए ।

    165869834_273551931152990_7922770650521112781_n.jpg
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपाने 

    रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलको सिफारिस अनुसार रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णय भएको हो ।