२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

व्यवस्थित समाजको परिकल्पना गर्दै तिलोत्तमा होम्स, घर बुकिङ खुला

शुक्रवार , फाल्गुण २७, २०७८

भैरहवा। रुपन्देहीको तिलोत्तमा ७ मा व्यवस्थित समाजको परिकल्पना गर्दै तिलोत्तमा होम्सले आफ्ना घर निर्माणलाई तिब्रता दिएको छ। अष्टदीप मल्टीनेश्नल प्रालिद्वारा गत वर्षदेखि सुरु भएको घर निर्माण परियोजना अन्तरगत घर बुकिङ खुल्ला गरिएको छ।

कम्पनीले तिलोत्तमा होम्सको आवास क्षेत्रका घरको बुकिङ खुल्ला गर्नुका साथै अवलोकनलाई पनि खुला गरिएको जनाएको छ। तिलोत्तमा ७ भलवारी जहदामा निर्माण भइरहेको तिलोत्तमा होम्स सिद्धार्थ राजमार्गदेखि पूर्व ६ विघा क्षेत्रफलमा निर्माण भइरहेको छ। व्यवस्थित समाजको उद्देश्यसहित १०९ वटा घर बन्ने परियोजना अन्तर्गत पहिलो चरणमा ५५ घर बन्दै गरेको कम्पनीका अध्यक्ष नेत्र बनले जानकारी दिए। 

जस अन्तर्गत २० वटाको ढलानको काम सकिएको र ३५ वटाको जगको काम सकिएको कम्पनीका मार्केटिङ हेड सुदिप ढकालले बताए। निर्माणाधिन आवास क्षेत्रमा कम्पाउण्ड भित्र सबै घरपरिवारले उपयोग गर्न मिल्नेगरी अत्याधुनिक कमर्सियल कम्प्लेस, सामुदायिक भवन, व्याडमिन्टन कवर्ड हल, बास्केटबल कोर्ट, स्वीमिङ्ग पुल, चिल्ड्रेन्स पार्क, जिमखाना, मन्दिर, हेल्थक्लब, रेष्टुरेण्ट, सैलून, ब्यूटीपार्लर, ग्रीन जोन रहने ढकालले बताए। 

यस्तै परियोजना स्थलभित्र मूल बाटो २६ फुट र सहायक बाटो २४ फुटका रहने कम्पनीले जनाएको छ। परियोजना अन्तर्गत बन्ने घर तथा अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने सामग्री सरकारले तोकेको मापदण्डअनुसारका हुने र निर्माण कार्य पूर्णतः इञ्जिनियरको सुपरीवेक्षणमा भइरहेको कम्पनीका प्रमुख कार्यकारी निर्देशक प्रकाश भण्डारीले बताए। 

IMG_20220310_101426.jpg
निर्माण सम्पन्न भए पश्चात अवलोकनका लागि खुल्ला गरिएको तिलोत्तमा होम्सको घर

परियोजना निर्माण स्थलको माटो परीक्षण गरी त्यसको आधारमा नक्सा डिजाइन गरिएको र घरहरु भूकम्प प्रतिरोधात्मक हुने जानकारी दिए ।परियोजना स्थलमा ढल निकास, खानेपानी व्यवस्थापन, टेलिफोन, विद्युत जस्ता पूर्वाधार विकासको काम कम्पनी आफैले गर्ने कम्पनीका प्रोेजेक्ट म्यानेजर यदुराज बरालले जानकारी दिए । बरालका अनुसार परियोजना अन्तर्गत बन्ने घरहरुको निर्माण कार्य सकिएर सम्पूर्ण घर बिक्री भएपछि त्यहाँ रहने सार्वजनिक स्थान तथा पूर्वाधारको सञ्चालन तथा व्यवस्थापनको जिम्मा त्यहाँ रहने समाज आफैले गर्ने छन्। 

आवास क्षेत्रमा २ समूहमा घर विभाजन गरिएको प्रोजेक्ट इन्जिनीयर बासुदेब नेपालले जानकारी दिए। समूह (ए) का घरको सूचीकृत मूल्य २ करोड ५० लाख र समूह (बी) का घरको सूचीकृत मूल्य १ करोड ७५ लाख निर्धारण गरिएको उनले बताए।

दोस्रो समूहमा १० धुर क्षेत्रफलमा २२ सय स्क्वायर फिटका घर निर्माण गरिने कम्पनीले जनाएको छ। हालसम्म ४१ वटा घर बुकिङ भइसकेको कम्पनीले जनाएको छ  ।