बुधवार , फाल्गुण २५, २०७८
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ। सुनको मुल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेर अहिले सम्मै उच्च भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनका मुल्य तोलाको एक लाख पाँच हजार पाँच सय रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ निर्धारण भएको छ।
आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ। मंगलबार एक हजार चार सय १० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार चार सय ५० रुपैयाँ कायम भएको छ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij