images

शनिवार, बैशाख २२ गते २०८१

महालक्ष्मी विकास बैंकद्वारा सिद्धार्थनगर नगरपालिकालाई डस्टबीन हस्तान्तरण

महालक्ष्मी विकास बैंकद्वारा सिद्धार्थनगर नगरपालिकालाई डस्टबीन हस्तान्तरण

images
images
images
बुधवार, फाल्गुण २५ २०७८
बुधवार, फाल्गुण २५ २०७८
  • महालक्ष्मी विकास बैंकद्वारा सिद्धार्थनगर नगरपालिकालाई डस्टबीन हस्तान्तरण

    भैरहवा, २५ फागुन ।
    महालक्ष्मी विकास बैंकले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई १३ थान डस्टबीन हस्तान्तरण गरेको छ । नगरपालिकामा चुनौतीको रुपमा रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डस्टबीन हस्तान्तरण गरिएको बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले बताए । १०३ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको गुप्ताले बताए ।

    images
    images
    images

    बुधबार एक कार्यक्रमकाबीच बैंकका भैरहवा शाखा प्रबन्धक गुप्ताले सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेलाई डस्टबीन हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा बोल्दै उपप्रमुख काफ्लेले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताइन् । उनले नगरपालिकाको प्रयासका बाबजुद पनि फोहोरमैला व्यवस्थापनका लागि फोहोरमैला प्रशोधन केन्द्र बनाउन नसकिएको बताइन् । 

    बैंकका परासी शाखा प्रबन्धक कृष्ण बहादुर गुरुङको स्वागत तथा भैरहवा शाखा रिलेसनसिप म्यानेजर रोशन शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक छविलाल घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij