
मंगलवार , फाल्गुण २४, २०७८
भैरहवा, २४ फागुन ।
लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथको आयोजनामा सोमबारदेखि भैरहवामा ७ दिने सीप विकास तालिम सुरु भएको छ । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर क्लबले चुरा, माला, औठी तथा कानवाली बनाउने तालिम सुरु गरेको हो ।
ए फोर ट्रेनिङ सेन्टर प्रा.लि. भैरहवाको सहयोगमा सिद्धार्थनगर–९ गोनहियास्थित श्री विन्ध्यवासिनी मिसुजु आधारभूत विद्यालयमा सुरु भएको तालिममा ३० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष साबा खानले बताइन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेले लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले सराहनीय कार्य गरेको बताइन् ।
कार्यक्रममा लायन्स डिष्ट्रिक डेपुटी चिफ रुपमा हिराचन, रिजन चेयरपर्सन अनिता थापा, विद्यालयका प्रधानाध्यापक चर्तुभुज रेग्मी, तालिम प्रशिक्षक नन्द कुमार चौधरी, संयोजक सुनिता पाठकले तालिम उपलब्धीमूलक हुने विश्वास व्यक्त गरे ।
लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथका अध्यक्ष तनु शर्मा कसौधनको अध्यक्षता, तृतीय उपाध्यक्ष माधुरी थापाको ध्वजा अभिवादन तथा सदस्यता वृद्धि संयोजक तृप्ती वर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij