२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

पत्रकार शंकर पाण्डे सम्मानित

शनिवार , फाल्गुण २१, २०७८

भैरहवा, २१ फागुन ।
पत्रकार शंकर पाण्डे सम्मानित भएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६३ औं वार्षिक साधारणसभाको अवसर पारेर संघले शनिबार पाण्डेलाई सम्मान गरेको हो । आर्थिक क्षेत्रमा कलम चलाएको भन्दै संघले उनलाई नगदसहित सम्मान गरेको हो ।

पत्रकार पाण्डेलाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले नगदसहित सम्मानपत्रद्वारा सम्मान गरे ।

IMG_3509.JPG

डेढ दशक लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पाण्डे रुपन्देही एफएमका स्टेशन म्यानेजर हुन् । उनलाई उनी लुम्बिनी प्रेस क्लबका सचिव तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य समेत हुन् ।