२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

उद्योग व्यवसाय संघ सिद्धार्थनगरको प्रथम बैठक सम्पन्न

बिहिवार , फाल्गुण १९, २०७८

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • भैरहवा, १९ फागुन ।
    नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ (उद्योग व्यवसाय संघ) सिद्धार्थनगर, रुपन्देहीको नगर कमिटीको प्रथम बैठक बुधबार भैरहवामा सम्पन्न भएको छ ।

    बैठकले पदाधिकारी तथा सदस्य मनोनित गर्नुका साथै विभिन्न वडामा कार्यविभाजन/जिम्मेवारी तोकेको छ । त्यस्तै संस्थागत, उद्योग, व्यापार, यातायात, होटल तथा रेष्टुरेण्ट, पर्यटन, निर्माण, कृषि तथा शैक्षिक परामर्श क्षेत्रमा विभिन्न जिम्मेवारी तोकेको उद्योग व्यवसाय संघ सिद्धार्थनगरका अध्यक्ष राम प्रसाद भण्डारीले बताए । त्यसै गरी बैठकले सचिवालय गठन, कार्यालय व्यवस्थापन, बैंक खाता सञ्चालन, लेबी निर्धारण, वडा कमिटी गठन तथा सदस्यता विस्तार गर्ने निर्णय गरेको भण्डारीले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रीय सचिव तथा रुपन्देही जिल्ला अध्यक्ष बालाराम भट्टराईले यस क्षेत्रका उद्योगी व्यवसायीको समस्या समाधानका लागि महासंघ लागिपरेको बताए । उनले एमालेले व्यवसायीको मागलाई सम्बोधन गर्नेतर्फ ध्यान केन्द्रीत गरेको बताए ।

    त्यस्तै विशिष्ट अतिथि एमाले रुपन्देहीका जिल्ला उपसचिव हितराज पन्थी, पार्टीका क्षेत्र नम्बर ३ का संयोजक नर बहादुर घर्ती, एमाले सिद्धार्थनगर कमिटी सचिव तथा उद्योग व्यवसाय महासंघ रुपन्देहीका उपाध्यक्ष नारायण प्रसाद भण्डारी, राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रीय सदस्य खिम बहादुर खत्री लगायतले बोल्दै उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकार गम्भिर हुुनुपर्ने बताए । उनीहरुले महासंघमा बढी भन्दा बढी उद्योगी व्यवसायीलाई आबद्ध गराउनुपर्नेमा जोड दिए ।

    उद्योग व्यवसाय संघ सिद्धार्थनगरका अध्यक्ष राम प्रसाद भण्डारीको अध्यक्षता, सह–कोषाध्यक्ष माया खनालको स्वागत, उपाध्यक्ष मदन पौडेलको धन्यवाद ज्ञापन तथा सचिव पिताम्बर न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा राष्ट्रिय उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य लक्ष्मण भण्डारी, केशव ज्ञवाली, संजीब रोक्का लगायतको उपस्थिति रहेको थियो ।