२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

‘टिभिएस दशैंको आशा’ अन्तर्गत मदनले जिते अपाचे आरआर ३१० 

शुक्रवार , कार्तिक ७, २०७७

 बुटवल, ७ कार्तिक ।
‘टिभीएस दशैंको आशा’ योजना अन्तर्गत शुक्रबार भएको भाग्यशाली विजेता घोषणामा मदन पोखरेल खत्रीले  टिभीएस अपाचे आरआर ३१० जितेका छन् । टिभिएसको वेबसाईटमार्फत फारम भरेका उनले बालाजी अटो मोबाइल्स शोरुमबाट उक्त मोटरसाइकल प्राप्त गरेका हुन् । 

शोरुमका संचालक विशाल जैसवाल र जगदम्बा मोटर्सका प्रबन्धक सन्तोष पारिकले पत्रकार सम्मेलनको आयोजना गरी उनलाई मोटरसाईकलको चावी हस्तान्तरण गरेका थिए ।  गुल्मी निवासी खत्रीले लक्की ड्रबाट पाएको पुरस्कारले दशैंका बेला खुसीको अनुभुति प भएको बताए । 

मोटरसाइकल कम्पनीका पुरस्कार चिनेजानेकै नजिकका व्यक्तिले पाउँछन् भन्ने सोंच पालेको थिए, तर त्यसो होइन रहेछ, उनले भने, यो जीवनकै अत्याधिक खुशी भएको क्षण बन्यो । यस योजनामा सहभागिता जनाउन टिभीएसको मोटरसाइकल खरीद गरेकै हुनुपर्ने थिएन । 

‘टिभीएस दशैंको आशा’ योजना अन्तर्गत टिभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटर खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सकिने र ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत व्याजदरमा खरिद गर्न सक्ने जगदम्बा मोटर्सका प्रबन्धक सन्तोष पारिकले बताए । 

त्यस्तै, बम्पर उपहारका रूपमा हरेक साता एक जनाले जित्न सक्ने आरआर ३१० टिभीएसकै सबैभन्दा मंहगो मोटरसाइकल रहेको उनले जनाए । हरेक साता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले टिभीएसको वेबसाइटमा गएर फारम भर्नुपर्नेछ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिष्टर गर्न सक्नेछन् भने आरआर ३१० जित्ने अवसर पाउनेछन् । जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभीएस टु ह्विलर्सका लागि एक मात्र आधिकारिक विक्रेता हो । नेपालभर यसका सय भन्दा बढी सेल्स सर्भिस र स्पेयर्स डिलर छन् ।