२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

बेथरी खुटिदेवी कल्याणकारी संस्थालाई महालक्ष्मी बैंकद्वारा सहयोग

बुधवार , फाल्गुण १८, २०७८

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  • भैरहवा, १८ फागुन ।
    महालक्ष्मी विकास बैंक लिमिटेड बेथरी शाखाले रुपन्देहीको मायादेवी गाउँपालिका–६ स्थित बेथरी खुटिदेवी कल्याणकारी संस्थालाई सहयोग गरेको छ । बैंकले मलामी विश्राम गृह (प्रतिक्षालय) निर्माणका लागि संस्थालाई ५० हजार रुपैयाँ प्रदान गरेको बेथरी शाखा प्रबन्धक अनिष गौतमले बताए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सहयोग गरेको गौतमले जानकारी दिए । 

    बुधबार एक कार्यक्रमका बीच बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ता र बेथरी शाखा प्रबन्धक अनिष गौतमले संस्थाका अध्यक्ष जंगबहादुर यादवले उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष यादवले विश्राम घरका लागि सहयोग गरेको भन्दै बैंकलाई धन्यवाद दिए ।