२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

बढ्यो सुनको मूल्य

सोमवार , फाल्गुण १६, २०७८

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौँ, १६ फागुन।   सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ६००ले बढेर रु ९८ हजार २०० पुगेको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ६००मा कारोबार भएको थियोे । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० तोकिएको छ। जसको मूल्य आइतबार प्रतितोला रु ९६ हजार १०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ४५ले बढेर रु एक हजार ३४० पुगेको महासङ्घले जनाएको छ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०७ डलर आसपास कारोबार भइरहेको छ। रासस