
शुक्रवार , फाल्गुण १३, २०७८
बुटवल, १३ फागुन ।
लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको आयोजनामा पाल्पाको बगनासकाली गाउँपालिका–७ स्थित श्री दैलातुङ्ग आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि झोला तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम अन्तर्गत उक्त विद्यालयमा अध्ययनरत ५१ जना विद्याथीका लागि झोला, कापी, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो । प्रत्येक वर्ष अध्यक्षको जिम्मेवारी सम्हाल्ने सबैले कम्तीमा एउटा यस्तो खालको कार्यक्रम आफ्नो गाउँमा वा अन्य क्षेत्रमा गर्ने अवधारणा अनुरुप पहिलो कार्यक्रमको आयोजना गरिएको र कार्यक्रम निककै नै भव्य रुपमा सम्पन्न क्लबका अध्यक्ष श्रीधर बस्यालले बताए । उनले भने, ‘हामीले हाम्रो यस क्लबबाट आयोजना गरेको सबैभन्दा धेरै बजेटको र सबैभन्दा शानदार कार्यक्रम समेत हो । यो कार्यक्रम मेरो गाउँमा आएर गर्न पाउँदा निकै खुसी महसुस भएको छ ।’ आगामी वर्षका अध्यक्षहरुले यस्तै खालका सामाजिक कार्यमा निरन्तरता दिनुपर्नेमा समेत अध्यक्ष बस्यालले जोड दिदै यो कार्यक्रममा सहयोग गर्नुहुने सबैलाइ आभार प्रकट गर्दै प्रशंसापत्र समेत प्रदान गरेका थिए ।
दैलातुङ्ग गाउपालिका वडा नम्बर ७ का वडाअध्यक्ष गुन बहादुर बुढाथोकीको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञमुर्ती खराल, विद्यालयका प्रधानाध्यापक केशवराज खराल, क्लबका पूर्व अध्यक्ष भेषराज पोखरेल, समाजसेवी तुलसीराम अर्याल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अतिथिहरुले क्लबको उक्त कार्यको प्रशंसा समेत व्यक्त गरेका थिए ।
क्लबका अध्यक्ष श्रीधर बस्यालको अध्यक्षता, उपाध्यक्ष सुनिल कुंवरको स्वागत मन्तव्य तथा सचिव महेश ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij