
बिहिवार , कार्तिक ६, २०७७
भैरहवा, ६ कार्तिक ।
पितृशोकमा परेका पत्रकार विन्दु कुमार चौहानलाई लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीले घरमै पुगेर आर्थिक सहयोग गरेको छ ।
क्लबका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका सह–सचिव कमल रायमाझी र क्लबका उपाध्यक्ष नरेश के.सी.ले प्रेस क्लबका सदस्यहरुले संकलन गरेको रकम पत्रकार चौहानको घरमा पुगेर बिहीबार हस्तान्तरण गरेका हुन् ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११ मुगलाहमा स्थायी बसोबास गर्ने चौहानका बुबा सिताराम चौहानको ७१ वर्षको उमेरमा असोज २६ गते उपचारको क्रममा मृत्यु भएको थियो ।
‘लुम्बिनी प्रेस क्लब पत्रकारहरुको संस्था हो, यो एउटा परिवार जस्तै हो । परिवारको एक सदस्यलाई दुःख पर्दा थोरै भए पनि सहयोग गरौ भन्ने ध्येयले साथीहरुबाट स्वतःस्फुर्त रकम उपलब्ध भएकोले उक्त रकम हामिले सहयोग गरेका हौं, क्लबका उपाध्यक्ष के.सी.ले भने ।
पत्रकार चौहान विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । हाल उनी बुद्ध सामुदायिक टेलिभिजन एबिसी टेलिभिजन, बुटवल टुडे दैनिक, लुम्बिनीखबर अर्ध साप्ताहिक लगायत सञ्चार माध्यममा लुम्बिनीबाट रिपोर्टिङ गर्छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij