images

शनिवार, बैशाख २२ गते २०८१

बुटवल उवासंघको स्थापना दिवसमा विभिन्न कार्यक्रम

बुटवल उवासंघको स्थापना दिवसमा विभिन्न कार्यक्रम

images
images
images
बुधवार, फाल्गुण ११ २०७८
बुधवार, फाल्गुण ११ २०७८
  • बुटवल उवासंघको स्थापना दिवसमा विभिन्न कार्यक्रम

    बुटवल, ११ फागुन । 
    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका पूर्वअध्यक्ष जीवनप्रसाद वझालाई संघमा सम्मान गरिएको छ । संघको ६९ औं स्थापना दिवसको अवसरमा संघका पूव अध्यक्ष वझालाई सम्मान गरिएको हो ।  मंगलबार संघको सभाहलमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती र संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उनलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । वझा २०५३–२०५५ सम्म संघको अध्यक्ष भएका थिए । संघले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा पूर्वअध्यक्षबाट १ जनालाई सम्मान गर्दै आएको छ ।

    images
    images
    images

    बुटवल उद्योग वाणिज्य संघ बुटवल व्यापार संघको नाममा २००९ सालमा तदर्थ समिति गठन भएको थियो भने २०१० साल फागुन १० गते दर्ता भएको थियो । त्यसै अवसरमा संघको तर्फबाट बुटवल माध्यमिक विद्यालय र बुटवल बाल मन्दिरमा अध्ययन गर्ने बालबालिकालाई शैक्षिक सामग्रि प्रदान गरिएको थियो । उक्त सामग्री बुटवल माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम गौतम र बुटवल बालमन्दिरका अध्यक्ष साजन भण्डारी प्रदान गरिएको हो ।

    कार्यक्रममा प्रदेश सभामुख घर्तीले प्रदेशको समृद्धिको लागि औद्योगिक विकासका माध्यमबाट आर्थिक क्रान्ति अपरिहार्य रहेको बताए । उनले प्रदेशमा आर्थिक क्रान्तिको लागि औद्योगिक विकासको नेतृत्व गर्न उद्योग वाणिज्य संघलाई आग्रह गरे । समाजवादको लागि पहिले पुंजीको विकास हुनुपर्ने बताउँदै उनले पुँजीवादको विकासमा पनि उद्योगी व्यवसायीको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताए । नमुना शहरको विकासको लागि प्रदेशको राजधानी दाङमा तोकिएको बताउँदै ५ वर्षपछि दाङ प्रदेशको नमुना शहर हुने उनको भनाइ थियो । प्रदेश संरचना स्थापनामा आफ्नो भौतिक पूर्वाधार उपलब्ध गराएर संघले सरकारलाई महत्वपूर्ण सहयोग गरेको पनि स्मरण गरे ।

    संघले लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुति कक्ष निर्माण, आम्दा अस्पताल स्थापना, बुटवल बहुमुखी क्याम्पसमा विज्ञान भवन निर्माण, लुम्बिनी वाणिज्य क्याम्पस र सिद्धार्थ गौतमबुद्ध क्याम्पस स्थापनामा लगानीसहितको नेतृत्वदायी भूमिका खेलेको थियो । 
    त्यस्तै ईलाका प्रहरी कार्यालय बुटवलमा थुनुवा कक्ष निर्माण, बुटवलका विभिन्न स्थानमा प्रहरी विट, सुरक्षाको लागि बुटवलका विभिन्न सार्वजनिक स्थलमा सिसि क्यामेरा जडान, बुटवलको आम्दा अस्पतालमा भेन्टिलेटरसहितको आईसीयू कोभिड वार्ड निर्माण लगायत यस क्षत्रको आर्थिक तथा सामाजिक विकासमा संघले नेतृत्वदायी भूमिका खेल्दै आएको अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए ।

    Butwal udyog badijaye sangh (1).jpg

    सम्मानित संघका पूर्व अध्यक्ष वझाले संघको नेतृत्व गर्ने अवसर प्राप्त गरेर आफूलाई प्रतिष्ठा मिलेको बताउँदै संघको गरिमा अझै बढाउने गरी काम गर्न नेतृत्वलाई आग्रह गरे ।    

    कार्यक्रममा संघका सल्लाहकार तथा पूर्वअध्यक्ष अर्जुनमान सैंजु, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव बिमलराज भट्टराई, कार्यसमिति सदस्य तथा स्थापना दिवस विशेष कार्यक्रमका संयोजक प्रकाश श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए । संघले स्थापना दिवसकै अवसरमा सोमबार रक्तदान कार्यक्रम गरेको थियो भने आइतबार, सोमबार र मंगलबार संघ सचिवालयमा दीपावली गरिएको थियो । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij