images

शुक्रवार, बैशाख २१ गते २०८१

लुम्बिनी सेवा समाज अमेरिकाद्वारा आश्रमलाई सहयोग

लुम्बिनी सेवा समाज अमेरिकाद्वारा आश्रमलाई सहयोग

images
images
images
बुधवार, फाल्गुण ११ २०७८
बुधवार, फाल्गुण ११ २०७८
  • लुम्बिनी सेवा समाज अमेरिकाद्वारा आश्रमलाई सहयोग

    भैरहवा, ११ फागुन ।
    लुम्बिनी सेवा समाज अमेरिकाले नेपाल अविनाश अनाथ आश्रम तिलोत्तमा नगरपालिका–१५ कोटिहवा, रुपन्देहीलाई आर्थिक सहयोग प्रदान गरेको छ । आश्रमलाई समाजको तर्फबाट ५० हजार नगद सहयोगस्वरुप प्रदान गरिएको संस्थाका अध्यक्ष जगदिश प्रसाद न्यौपानेले बताए ।

    images
    images
    images

    बुधबार एक कार्यक्रमकाबीच लुम्बिनी सेवा समाज अमेरिकाले आश्रमका अध्यक्ष कृष्णप्रसाद ज्ञवालीलाई नगद सहयोग प्रदान गरेका हुन् । सहयोग रकम हस्तान्तरण गर्दै समाजका अध्यक्ष न्यौपानेले समाजको तर्फबाट केही भए पनि आश्रमलाई सहयोग पुगोस् भन्ने उद्देश्यले नगद रकम प्रदान गरिएको बताए । आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने उनले प्रतिवद्धता व्यक्त गरे ।

    समाजकै उपाध्यक्ष लता प्रधानले आश्रमलाई सहयोग गर्न पाउँदा खुशीको अनुभूुति भएको बताउँदै लुम्बिनी सेवा समाज अमेरिकाले अनाथ बालबालिका लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताइन् ।

    नेपाल अविनाश अनाथ आश्रमका अध्यक्ष कृष्णप्रसाद ज्ञवालीले आश्रमलाई सहयोग प्रदान गरेकोमा संस्थालाई धन्यवाद दिंदै विभिन्न क्षेत्रबाट सहयोग जुटाउन सञ्चार क्षेत्रको समेत ठूलो भूमिका रहेको बताए । आश्रममा हाल २२ जना बालबालिका आश्रित रहेको उनले जानकारी दिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij