२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

शाईन आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार भुसाल पुरस्कृत 

बुधवार , फाल्गुण ११, २०७८

बुटवल। शाईन रेसुङगा डेभलपमेण्ट बैकद्वारा स्थापित साईन आर्थिक पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार यमलाल भुसाल पुरस्कृत भएका छन्।  बिगत २८ बर्ष देखि अनवरत रुपमा पत्रकारीता गर्दै आएका पत्रकार भुसाल शाइन आर्थिक पत्रकारिता पुरस्कार –२०७८ बाट पुरस्कृत भएका हुन्।

उनलाई बैंकको १४औं स्थापना दिवसको अवसरमा बुधबार बुटवलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नगद ५१ हजार राशी र सम्मानपत्रद्वारा पुरस्कृत तथा सम्मान गरिएको हो ।

बैंकका संचालक समिति अध्यक्ष थानेश्वर पौडेल, प्रमुअ कार्यकारी अधिकृत (सिइओ) प्रकाश पौडेल, लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगाएतले संयुक्त रुपमा पुरस्कार तथा सम्मान प्रदान गरेका हुन्।

बैंकले पत्रकार महासंघ रुपन्देहीको समन्वयमा रु ५ लाखको अक्षय कोषको स्थापना गर्दै आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने सुरुवात गरेको हो। भुसाल साईन आर्थिक पत्रकारिता पुरस्कार पाउने पहिलो पत्रकार हुन्।

आगामी हरेक वर्षमा उक्त पुरस्कार आथिर्क बिटमा कलम चलाउने एक जना पत्रकारलाई प्रदान गरिने पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष पोख्रेलले बताए। विभिन्न सञ्चार माध्यममा काम गर्दै आएका उनी हाल बुटवलबाट सञ्चालित राज्य टेलिभिजनका समाचार प्रमुख हुन्।

सो अबसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीलाई शाईन आर्थिक पत्रकारिता पुरस्कारको अक्षयकोष स्थापनाका लागि ५ लाख रुपैयाको चेक हस्तान्त्रण गरिएको छ।

IMG_20220223_160549.jpg

उक्त चेक बैकका अध्यक्ष थानेश्वर पौडेल, बैकका  प्रमुअ कार्यकारी अधिकृत (सिइओ) प्रकाश पौडेलले नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोख्रेललाई हस्तान्त्रण गरेका हुन्।