बुधवार , कार्तिक ५, २०७७
काठमाडौं, ५ कार्तिक ।
वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिट्यान्स ८.१ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको दुई महिनामा एक खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतलेल वृद्धि भई एक अर्ब २९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो।
चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ। कोभिड-१९ का कारण अहिले वैदेशिक रोजारमा जाने नेपालीको संख्या घटेको हो। अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारमा जाने नेपालीको संख्या २ प्रतिशतले बढेको थियो।
वैदेशिक रोगजारिका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशलते घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर ४.४ प्रतिशतले वृद्धि भई एक खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.५ प्रतिशतले बढेको थियो। (नेपाल लाइभ)
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij