२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

नेशनल लाइफ इन्स्योरेन्सले मनायो ३५ औं वार्षिकोत्सव

बुधवार , फाल्गुण ११, २०७८

भैरहवा, ११ फागुन ।
नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले ३५ औं वार्षिकोत्सव मंगलबार मनाएको छ । वार्षिकोत्सवको अवसरमा भैरहवा शाखाले रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सिद्धार्थ बाल गृहलाई नगद रकम हस्तान्तरण गरेको छ । शाखा प्रमुख कमल कुमार कार्की र कार्यालय सहायक कमल परियारले बालगृहकी सञ्चालक कृष्णमाया गुरुङलाई चेक हस्तान्तरण गरेको हो । २०४४ साल फागुन १० गतेदेखि बीमा व्यवसाय शुभारम्भ गरेको थियो ।

नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ मा आफ्ना बीमितलाई सर्वाधिक धेरै बोनसदर दिन सफल भएको कम्पनीले जनाएको छ । कम्पनीले चालु आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम प्रतिहजार ६४ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म दिएको जनाएको छ ।

त्यस्तै कम्पनीले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत नगद लाभांश दिने भएको छ । 
कम्पनीको जीवन बीमा कोषमा ४७ अर्ब २१ करोड रुपैयाँ जम्मा भएको छ । चुक्ता पूँजी तीन अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब तीन करोड रुपैयाँ पुग्नेछ ।