२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

उद्योगी व्यवसायीका समस्या समाधानबारे छलफल

सोमवार , फाल्गुण ९, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, ९ फागुन ।
    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको उद्योग प्रवद्र्धन समितिको बैठक सोमबार भैरहवामा सम्पन्न भएको छ । समितिका संयोजक दिपक कुमार पौडेलको अध्यक्षता तथा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको बैठकले समितिले आयोजना गरेका बैठक तथा छलफल क्रममा १०० प्रतिशत एल.सी.को प्रावधान, बढ्दो ब्याजदर, सामाजिक सुरक्षा कोष, आयात निर्यातमा देखिएका समस्याहरुबारे छलफल गरिएको थियो । 

    बैठकमा एल.सी.मार्जिन खुल्ला ब्याजदरको अवधारणा भन्दा बाहिरको भएकोले सो खारेज गरिनुपर्ने, बैंक ब्याजदर एकल विन्दुमा राख्नुपर्ने, क्रेडिट रेटिङ्ख सुरक्षा प्रदान गर्नुपर्ने तथा सामाजिक सुरक्षा कोष नेपाली नागरिकमा मात्र सीमित राख्दै क्रमिक रुपमा लागु गर्नुपर्ने तथा पूर्वाधार विकास गरी आयात निर्यातमा सहज गर्नुपर्ने बारेमा छलफल भएको थियो । 

    कार्यक्रममा सहभागिहरुले उद्योगीले उठाएका विषयवस्तुहरु नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले पहल गरी समस्या समाधानमा लाग्ने बताए । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु लगायतका विभिन्न जिल्ला, नगर उद्योग वाणिज्य संघ पदाधिकारीहरु तथा उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।