
बुधवार , कार्तिक ५, २०७७
भैरहवा, ५ कार्तिक ।
सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ गणेशपुर, रुपन्देहीमा ५१ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
बुधवार आयोजित कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका कार्यपालिकाको सदस्य तथा तिलोत्तमा वडा नम्बर ६ का सदस्य संगिता गुरुङको उपस्थितिमा उद्घाटन भएको हो ।
सोही समारोहमा संगिता गुरुङ्ग र कार्यक्रमका सभापति तथा मणिग्राम शाखाका शाखा प्रबन्धक अरुण पाण्डेले संयुक्त रुपमा बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि प्रशान्त न्यौपानेलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।
पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवाअन्तर्गत ए.टी.एम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।
हालसम्म सनराइज बैंकले १३५ वटा शाखा, ५१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६४ वटा ए.टी.एम.मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij