२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

शाइन होल्डिंग प्रा.लि.द्वारा भैरहवामा साईकलको विक्री शुभारम्भ

बिहिवार , फाल्गुण ५, २०७८

भैरहवा, ५ फागुन ।
स्ट्राइडर साइकल प्रा.लि. (टाटा प्रोडक्टस्)को आधिकारिक विक्रेता शाइन होल्डिंग प्रा.लि. भैरहवाले बिहीबारदेखि भैरहवामा साईकलको विक्री शुभारम्भ गरेको छ ।

नेपालको आधिकारिक विक्रेताको रुपमा साईकलको विक्रीवितरण सुरु गरिएको शाइन होल्डिंग प्रा.लि.का निर्देशक कोषलेश पाण्डेले बताए । प्रदेश १ मा डिलरसिप दिइएको र निकट भविष्यमै बुटवलमा पनि साईकलको शोरुम सञ्चालन गरिने बताए । ‘पाँच करोडको लगानीमा प्रा.लि.सञ्चालन गरेका छौं, नेपालभरीको आधिकारिक विक्रेता भएकोले यसको लगानी त्यति पर्न गएको हो, ’उनले भने । शोरुम शुभारम्भको अवसरमा साईकल खरिदमा १५ प्रतिशत छुटको व्यवस्था रहेको उनले बताए । त्यस्तै साईकल सिटी भैरहवाको सिफारिसमा साईकल खरिदमा २० प्रतिशत छुट प्रदान गरिने पाण्डेले जानकारी दिए ।

IMG_2262.JPG

भैरहवास्थित नारायणस्थानमा शुभारम्भ भएको शाइन होल्डिंग प्रा.लि.को बिहीबार बिहान एक कार्यक्रमकाबीच साईकल सिटी भैरहवाका अध्यक्ष सुर्य कुमार सारु मगरले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै अध्यक्ष सारु मगरले भैरहवामा पहिलोपटक टाटा ब्राण्डको साईकल विक्रीवितरण शुभारम्भ हुनु खुसीको कुरा भएको बताए । उनले भने,‘ साईकल किन्न सुनौली, नौतनवा तथा बुटवल जानुपर्ने अवस्था थियो, तर अब अति नै लोकप्रिय टाटा ब्राण्डको साईकलको विक्रीवितरण भैरहवामै सुरु भएको छ, यो भैरहवाबासीकै लागि खुशीको कुरा हो । ’ उनले सेल्स, सर्भिस र स्पेयर्समा ध्यान दिनुपर्ने बताए । साईकल मर्मतका लागि पनि साईकल बुटवल पठाउनुपर्ने बाध्यता भएकाले शाइन होल्डिंग प्रा.लि.ले राम्रो मेकानिक्सको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।