२०८३, बैशाख १ गते

Apr 14 2026 | २०८३, बैशाख १ गते

स्थानीय तह निर्वाचनसम्बन्धी रिट दर्ता गर्न सर्वोच्चको आदेश

बुधवार , फाल्गुण ४, २०७८

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, ४ फागुन ।
    सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनसम्बन्धी रिट दर्ता गर्न आदेश दिएको छ । सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले स्थानीय तह निर्वाचनसम्बन्धी रिट दर्ता गर्न आदेश दिनुभएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । उनका अनुुसार यसअघि उक्त रिट दरपिठ भएको थियो ।

    आदेशमा निवेदन दरपिठ गरेको सर्वोच्च अदालतको रजिष्ट्रारको माघ २६ गतेको आदेश बदर गरिएको उल्लेख छ । “स्थानीय तहका पदाधिकारीको पदावधि कहिलेसम्म रहने हो अर्थात् कुन मितिमा पदावधि समाप्त हुने हो भन्ने संविधान र कानूनमा रहेका प्रावधानको व्याख्या गरी निरुपण गर्नुपर्ने प्रश्नहरुउपर न्यायिक विवेक प्रयोग गरी इजलासबाट सुनुवाइ भई निरुपण हुनु नै मनासिव हुन्छ”, आदेशमा भनिएको छ, “संविधान र कानूनको व्याख्यासम्बन्धी यस प्रकारको विषयलाई न्यायिक प्रक्रियामा प्रवेश नै नपाउने गरी प्रशासनिक तहबाट नै निवेदन दरपिठ गरी टुंग्याउने उचित देखिँदैन ।” 

    महोत्तरीको भंगाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले वैशाखमै स्थानीय तहको निर्वाचन हुँदा आफूहरुको संविधानमा तोकिएको पाँच वर्ष अवधि पूरा नहुँदै कार्यकाल सकिने भन्दै एकै चरणमा निर्वाचन नगर्न माग गर्दै रिट दायर गर्न थालेका थिए । तर सर्वोच्च अदालतले उहाँको रिट निवेदन दर्ता नगरी दरपिठ गरेको थियो । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकेको छ । 

    विसं २०७४ को स्थानीय निर्वाचन तीन चरणमा भएको थियो । प्रदेश नं २ मा त्यतिबेला असोज २ गते निर्वाचन भएको थियो । सर्वोच्चका अदालतका प्रवक्ता दाहालले अब नगरप्रमुख साहको रिट निवेदन दर्ता हुने बताए । रासस