२०८२, माघ ३ गते

Jan 17 2026 | २०८२, माघ ३ गते

रुपन्देहीबाट अवैध सालको काठ बरामद

बुधवार , फाल्गुण ४, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, ४ फागुन ।

    रुपन्देहीमा अवैध सालको काठ बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय रुद्रपुर र सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नाम बहादुर के.सीसहितको संयुक्त गस्ती टोलीले उक्त काठ बरामद गरेको हो ।

    टोलीले बुधबार बिहान ११ बजे कञ्चन गाउँपालिका–१ गजेडीस्थित भित्री सडकखण्डमा लु ४ त १९३८ नम्बरको ट्याक्टरमा लोड गरी ल्याउँदै गरेको १ लाख ८ हजार मूल्य बराबरको ५ गोलिया (४३, २१ क्यू) फिट काठ फेला पारेको हो ।

    फेला परेको अवैध स्थानीयको रोहबरमा बरामद गरी ट्याक्टरसहित नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय फायरलाइनमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए ।