२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

एफइसी सहकारीद्वारा स्वर्गीय खेम पुनको परिवारलाई राहत प्रदान

बुधवार , फाल्गुण ४, २०७८

तिलोत्तमा, ४ फागुन ।
एफइसी बचत तथा क्रृण सहकारी संस्थाले आफ्ना शेयर सदस्य खेमराज पुनको निधन भएकोमा उनको परिवारलाई राहत प्रदान गरेको छ । सहकारीका शेयर सदस्य, सामाजिक अभियन्ता एवं उद्योगी पुनको केही दिनअघि हृदयघातका कारण निधन भएको थियो । सहकारीले पुनको घरमै पुगेर बुधबार राहत प्रदान गरेको हो ।

राहतस्वरुप सहकारीले संस्थाको कल्याणकारी कोषबाट एक लाख रुपैयाँ र सदस्य राहत कोषबाट एक लाख गरी दुई लाख रुपैयाँ हस्तान्तरण गरेको हो । सहकारीका अध्यक्ष तारानाथ कंडेलले स्वर्गीय पुनकी धर्मपत्नी ओमी पुनलाई राहत रकम हस्तान्तरण गरेका थिए । 

राहत रकम प्रदानका लागि संस्थाका उपाध्यक्ष जेपी कंडेल, सचिव निरज कंडेल, सहसचिव ज्ञानु पाण्डेय, सञ्चालक सदस्य देवीदत्त ज्ञवाली, वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवाली लगायत सहभागी थिए ।