images

शनिवार, बैशाख ८ गते २०८१

फोटो खोज्दा .... रिल हाल्न बिर्सिएछ

फोटो खोज्दा .... रिल हाल्न बिर्सिएछ

images
images
images
बुधवार, फाल्गुण ४ २०७८
बुधवार, फाल्गुण ४ २०७८
  • फोटो खोज्दा .... रिल हाल्न बिर्सिएछ

    लुरु लुरु दायाँ बायाँ नहेरी खुरु खुरु नैकापबाट कलंकी तिर गइरहेको थिएँ।  पूर्व, पश्चिम, उत्तर दक्षिणबाट आउने गाडीहरुको कर्कशा आवाज र हर्नको ट्याँ ट्याँ कानभित्रको जालीमा पिडा हुने गरि बजिरहेको थियो। यो आवाज र हर्नको तिखो ध्वनीसँग अभ्यस्त भइसकेका मानिसहरु एकनासले आफ्नो गन्तव्य तिर हिडिरहेका थिए, मानौ केही भएकै छैन।

    images
    images
    images

    मानौ केही भएकै छैन, यो देशमा नेताका आवाजमा गाडीको ध्वनी फ्यूजन भएर नयाँ नेपालको घृणित तस्बिर विश्व रंगमञ्चमा छताछ्ल्ल भएर पोखिएको छ । अखबारको विज्ञापन दाताको पीडामा क्रिडा गर्ने पत्रकारहरु र जनतको करबाट जनताकै ढाड सेक्ने नेताहरु टाइकुन हुन् यिनीहरुलाई छुनै सकिन्न, छुने कस्ले ...?

    काठमाडौँ खाल्टो र कलंकी चोक उस्तै उस्तै लाग्छ, कलंकीमा चारैतिरबाट गाडीहरु आएर आवाजलाई बुलन्द बनाउँछन् । काठमाडौँ खाल्डोमा पूर्व पश्चिम उत्तर दक्षिणबाट आएका नेताहरुको प्रदुषित भाषणले वाक्क भएका जनताहरु अलमस्त पाराले कुंभकर्णको निद्रा सुतिरहेका छन् मानौँ केही भएकै छैन, देश छ–छैन केही हेक्का छैैन ।

    राजनैतिक दलको पुरै बन्दी बनेको देश... दलहरु थोत्रा ट्रकहरुले झैँ आवाज निकाल्दै पूर्व पश्चिम दौडिरहेछन्। देश प्रति यिनीहरुलाई कुनै माया छैन, देश भनेको माटो होइन, देश भनेको जनता हो । जनतालाई लखेटेर कसमाथि शाषन चलाउन खोजिरहेछन् कुन्नी  ?

    अस्तित्वमा भएका विदेशी मोडलका स्वदेशी नेताहरुको अमोध वाण भनेको राष्ट्रियता नै हो । यो राष्ट्रियता कस्तो छ भने चुइगम जस्तो छ। डल्लो पार्ने, तन्काउने, टुक्रा टुक्रा पारेर फेरि जोड्ने अनि जोडले चिच्याउने – सत्ता धारीहरुले राष्ट्रियतामा गंभिर अपराध गरे भनेर ।

    एक जना दल साँडाले मलाई भन्योे, “यो देशमा राष्ट्रियता कमजोर भयो।”

    मलाई झनक्क रिस उठ्यो । तर, आफ्नो आवेशलाई काबुमा पार्दै भने ‘हो र ?’

    उस्ले भन्यो, ‘हो नी ! हाम्रो दल सत्तामा गयो भने राष्ट्रियताको जगेर्ना हुन्छ’

    म फिस्स हाँसे ।

    म हाँसेको देखेर उस्ले भन्यो, “किन हाँस्नु भयो ? कुरा चित्त बुझेन ?”

    मैले भने, “मलाई तपाईको कुरामा पटक्कै चित्त बुझेको छैन । ‘राष्ट्र’ भए पो राष्ट्रियतको कु्रा आउँछ । कहाँ छ राष्ट्र ? अनि के को राष्ट्रियता ? कताको राष्ट्रियता ?

    नेपाल राष्ट्र हाइन यो राजनैतिक दलका केही साँडाहरु र तिनका कार्यकर्ताहरुको क्रिडास्थल भएको छ । संविधान आफैँमा अपूर्ण छ, कुनै पनि संविधान आफैँमा पूर्ण हुँदैन तर त्यसलाई समयअनुसार परिमार्जन, परिवर्तन गर्दै लानु पर्दछ । तर वर्तमान नेपालको संविधान पूर्ण राष्ट्रलाई क्षत विक्षत बनाउने औजारको रुपमा प्रयोग भइरहेको छ ।

    नाममा नेपाली जनताले बनाएको संविधान भने पनि यो संविधान साँँडा नेताहरुको क्रिडास्थल गर्ने घिनलाग्दो दस्तावेज यसकारणले हो कि  यस्को व्याख्या र विश्लेषण पार्टी अनुसार फरक फरक छ । पत्याउनु भएन ? उदाहरण स्वरुप वर्तमान सरकार निर्माणलार्ई हेरे पुग्छ । करीब आधा जनमत पक्ष र विपक्षमा विभाजित छ । संविधान भनेको  सम्पूर्णको अपनत्व हुनु पर्ने होइन र ?

    प्रदेश सरकारहरुको झन डरलाग्दो लुच्छाचुँडी छ । एउटालई भकुंडाएर अर्कोलाई स्थापित गर्न जे पनि गरिएको छ । वहुमत र अल्पमतको नाममा कुनै ‘एक’ (जो पनि हुन सक्छ) को शिकार गर्न आत्मघाती मिलन पनि भइरहेको छ ।

    शब्द जालहरु जनतामाझ चौरासी ब्यंजन झैँ कुलंगार नेताहरु पस्कदै छन्, लोकतन्त्रको दुहार दिएर  लोकतन्त्रकै घाँटी अचेटिरहेछन् ।

    क्रान्तिकारी भनेर आफुलाई चिनाउने नेताहरुले के को ‘क्रान्ती’ गरे ऐले सम्म याहा पाउन सकिएको छैन। ‘क्रान्ती’ भन्नु नै परिवर्तन हो यस्तो क्रान्ति हिंसात्मक र अहिंसात्मक दवै हुन्छ तर ‘परिवर्तन’ यस्को मूल उद्येश्य हो ।

    यस हिसाबले हेर्र्दा खेरी नेपाली जनताहरुको उत्तानो टाङ लागेको छ भने साँडा नेताहरु दूधको तरमा डुबेका छन्। जनता सिटामोल नपाएर मरिरहेछन्, नेताहरु कुर्सी नै उनीहरुकालागि ‘क्रान्ती’ भएको छ ।

    वर्तमान अवस्थामा धेरै प्रयोग भएको नेताको बोली हो,  अग्रगमन ।

    जुन कदमलाई उनीहरु अग्रगमन भनिरहेका छन् त्यो अत्यन्तै घातक र विस्फोटक छ । यसलाई समयलै आफै प्रमाणित गर्ला नै  ।

    नेताहरुले दिएको ‘लोकतन्त्र’ भयानक र दर्दनाक छ किनकि यसभित्र संघियताको खास्टो ओडाइएको छ । यही संघियताले देशको दुर्दशा हुने पक्का छ ।

    हामी केटाकेटी हुँदा हाम्रो गाँउ पाँचथर, आङ्सराङका हाम्रा छिमेकी काश्मिर ( भारत) बाट पढेर आएपछि फोटो खिच्ने क्यामेरा पनि ल्याएका थिए। हामी सानै थियौ, आफ्नो तस्बिर आउँछ रे भनेपछि हामी पनि फोटो खिच्न तम्सियौ । उनले करीब करीब  दुई तिन सय पल्ट जति फोटो खिचे । हामीलार्ई हाम्रो फोटो हेर्ने चाहाना थियो । उनी दुई महिना गाउँमा बसेर काठमाडौँ फर्कने तरखरमा थिए । उनलाई मैले भने , “फोटो हेर्ने पाए हुन्थ्यो।”

    “कहाँ ऐलै रिल धुनु पर्छ म काठमाडौँबाट फर्के पछि देखाउँला ।” यति भनेर उनी राजधानी तिर हानिए । हामी ढुक्क थियौ, उनी आउँदा फोटो आउँछ भनेर ।

    करीब पाँच वर्ष पछि उनी गाउँ फर्किए । हामीहरु पनि अब ठूला भइसकेका थियौ । उनको घर गयौ र फोटो देखाउन भन्यौ। 
    उनले लामो सास फेर्दै भने, “हेर ! केटा हो ! क्यामेरामा रिल हाल्न बिर्सिएछ ।”

    हामीहरु एकअर्कामा मुखामुख गर्‍यौ, नेताहरुले दिएको गणतन्त्र, लोकतन्त्र, संघियता जस्तै रहेछ पो क्यामेरा म्यान ।  
      

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij