२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

हृदयघात भएका र गोली लागेर घाइते नेपालीलाई सहयोगका लागि अपिल

मंगलवार , कार्तिक ४, २०७७

अमेरिका, ४ कार्तिक । 
अमेरिकाको टेक्सास राज्यको अष्टिन शहरमा रेष्टुरेण्टमा काम गरिरहेको समयमा एक नेपालीलाई ब्रेन ह्यामरेज भएको छ । अष्टिनमा एक्लै बस्दै आएका रुपसिंह गुरुङको घटना भएदेखि नै होस् नखुलेको ग्रेटर अस्टिन नेपलिज सोसाइटीले जनाएको छ । 
उनी नेपालीकै रेष्टुरेन्टमा काम गर्दैं आएका थिए । कार्यस्थलमा नै अचानक ढलेपछि उनलाई सेन्ट डेभिड्स मेडिकल सेन्टरमा भर्ना गरिएको थियो । ५४ वर्षका उनी अझै आईसीयूमै छन् ।

उनका परिवारका सबै सदस्य नेपालको पोखरामा नै भएको र उनी एक्लै रहेका कारण उनको उपचारमा अष्टिनमा रहेका केही समाजसेवी नेपालीहरुले सहयोग पुर्याइरहेका छन् । सो मेडिकल सेन्टरमा एकजना नेपाली डाक्टरसमेत कार्यरत रहेकोले गुरुङको रेखदेख उनी डाक्टरले गर्ने गरेको बताइएको छ । रुपसिंहका श्रीमती र दुई छोरी छन् । 

स्याङ्जा पुख्र्याैली घर भइ उनको परिवार पोखरालेखनाथ नगरपालिकाको बुढीबजारमा बस्दै आएको छ । डाक्टरहरुले गुरुङ निको भए पनि प्यारालाइसिस हुने र बोल्न नसक्ने अवस्था आउन सक्ने जनकारी दिएको न्यौपानेले बताए ।

यता, ग्यास स्टेशनमा काम गर्दा गर्दै लुटेराको गोली लागी गम्भिर घाइते भएका अष्टिन निवासी उमेश न्यौपानेको डेल स्टेशन मेडिकल सेन्टरमा उपचार भइरहेको छ । किड्नीसहित उनका ३ वटा सर्जरी भइसकेको र आइसीयूमै राखेर उपचार भइरहेको छ ।
यी दुवै विरामीहरुलाई सहयोग गर्नका लागि गैटर अस्टिन नेपलिज सोसाइटीले आर्थिक संकलन अभियान सुरु गरेको संस्थाका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।