२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

रुपन्देहीबाट ८ केजी गाँजासहित एकजना पक्राउ

मंगलवार , फाल्गुण ३, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा, ३ फागुन ।
    रुपन्देही प्रहरीले अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नम्बर १० फुलवारीका ३० वर्षिय हिमाकली रेश्मी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले रेश्मीको घरमा खानतलासी गर्दा ८ केजी गाँजा फेला परेको डीएसपी पौडेलले जानकारी दिए ।

    फेला परेको गाँजा बरामद गरी उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात रुपन्देही जिल्ला अदालतबाट म्याद थप अनुमसत लिए थप अनुसन्धान भइरहेको उनले बताए ।