२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

प्रधानमन्त्रीका ज्योतिषीको खुलासा : ‘महाभियोग कालसर्प योगमा दर्ता भयो, सत्तापक्षलाई अफ्ठेरो पर्छ’

सोमवार , फाल्गुण २, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • काठमाडौं, २ फागुन । प्रधानमन्त्री शेरबहादर देउवाको भविष्यवाणी गरेर चर्चित भएका ज्योतिषी सुरेशचन्द्र रिजालले प्रधानन्यायाधीश  चोलेन्द्र शम्शेर राणाविरुद्ध महाभियोग दर्ताको समय कालसर्प योगमा परेको दाबी गरेका छन् । रिजालले जबराको अपमानजनक बहिर्गमनको योग बर्तमान समयमा निर्माण नभएको भन्दै सत्तापक्षलाई नै अफ्ठेरो पर्ने भविष्यवाणी गरेका हुन् ।

    सामाजिक सञ्जालमा एक पोस्ट गर्दै रिजालले आज सत्ता पक्षलाई ६० दिन खड्गो छ भनेर माघ १८ गते नै आफुले जानकारी गराई सकेको समेत उल्लेख गरेका छन् । महाअभियोग काल सर्प योगमा परेकाले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने उनको भनाई छ ।

    status.jpg
    undefined

    सामाजिक सञ्जालमा रिजालले लेखेका छन्,‘प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाको अपमानजनक बहिर्गमनको योग बर्तमन समयमा निर्माण भएको छैन् । तर सत्ता पक्षलाई ६० दिन खड्गो भनेर माघ १८ गते नै जानकारी गराई सकेको थिए ।’

    उनले अगाडी लेखेका छन्,‘महाअभियोग दर्ता नै शक्तिशाली कालसर्प योगमा परेकाले सत्ता पक्षलाई नै यसको गम्भीर असर पर्नसकन्ने योग निर्माण भएको छ । जबरालाई महाअभियोग दर्ता गरेको समय नै काल सर्प योगमा परेकाले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने देखिएको छ ।’