२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

कामु प्रधानन्यायाधीशद्वारा सर्वोच्चको फुलकोर्ट बैठक आह्वान

सोमवार , फाल्गुण २, २०७८

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौँ, २ फागुन । न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको फुलकोर्ट बैठक आह्वान गरेका छन् ।

     सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने कामु प्रधानन्यायाधीशले फुलकोर्ट  बैठक नभई अनौपचारिक बैठक आह्वान गरेको जानकारी दिए ।
     प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा स्वतःनिलम्वनमा परेपछि कायममुकायम मुकरर गरिएका कार्कीले सो बैठक बोलाएका हुन ।रासस