
मंगलवार , कार्तिक ४, २०७७
प्युठान, ४ कार्तिक ।
तिराम–मुर्कुटी सडकअन्तर्गत प्युठानको गोलबाङमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
माण्डवी गाउँपालिका–२ तिरामबाट दाङतर्फ जाँदै गरेको राप्ती सार्वजनिक बस व्यवसायी समितीको ना ४ ख ५५६१ नम्बरको बस मंगलबार बिहान सडकबाट करीब १ सय मिटर तल खसेर दुर्घटना परेको घटनास्थलमै रहेका प्रहरी जवान डिल्ली वि.क.ले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा दाङ घर भएका बस चालक ४० वर्षिय तारा राना रहेका छन् ।
त्यस्तै प्युठानको माण्डवी –१ तिरामका ६६ वर्षिय गोकर्ण अधिकारी, ४५ वर्षिय लक्ष्मी खत्री र दाङको बंगलाचुली गाउँपालिकाकी ३० वर्षिय बसन्ता वि.क. घाइते भएका छन् । उनीहरुको अवस्था गम्भिर छ । घाइते सबैलाई उपचारका लागि दाङ पठाइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij