२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

प्रेस चौतारीको महाधिवेशन फागुन २७ र २८ गते

आइतवार , फाल्गुण १, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, १ फागुन ।
    प्रेस चौतारी नेपालको आइतबार काठमाडौँमा बसेको सचिवालय बैठकले प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको छ ।

    यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन केरोना महामारीको संक्रमणका कारण रोकिएको थियो । चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको उक्त बैठकले प्रदेश अधिवेशन यही फागुन २१ गते गर्ने तय गरेको छ । रासस