२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

टुगा सहकारीको अर्धवार्षिक समीक्षा

आइतवार , फाल्गुण १, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, १ फागुन ।
    टुगा आस्था बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ओमसतिया–१ रुपन्देहीले आर्थिक वर्ष ०७८/०७९ को अर्धवार्षिक समीक्षा तथा आवधिक योजना (२०७७-२०७९) को पाँचौ समिक्षा बैठक सम्पन्न भएको छ । संस्था अध्यक्ष डी.बी.थापाको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका वडा नम्बर १५  वडाध्यक्ष खेमराज गुरुङको प्रमुख आतिथ्यतामा कोटिहवास्थित लखन थापा मगर भवनमा बैठक सम्पन्न भएको हो ।

    सञ्चालक, लेखा, सल्लाहकार, उपसमिति र व्यवस्थापनसहित ६२ जनाको सहभागितामा सम्पन्न कार्यक्रममा ६७ करोड बराबरको वासलात रहेको पुंजीको समग्र वित्तीय विश्लेक्षण गर्नुको साथै मौजुदा कोभिड तेस्रो भेरियन्टको कारण स्मार्ट लकडाउनको अवस्थामा सहकारी संस्थाको व्यवसायिक विश्लेक्षण समेत गरिएको थियो । त्यस्तै आवधिक त्रिवर्षीय रणनीति योजनाको उत्तरार्धमा रहेकोले हासिल प्रगति र बाँकी लक्ष्यप्राप्तिको बारेमा समिक्षा समेत गरेको थियो ।

    कार्यक्रममा संस्थालाई नीति, विधि र प्रविधिले संचालन गरिरहेको भएता पनि दिगो, सुलभ र शिघ्र सदस्य सेवातर्फ अझै ध्यान जान जरुरी रहेको, वर्तमान अवस्थामा वित्तीय बजारमा वित्तीय तरलताको समस्याका कारण ऋण असुली गतिमा पारेको प्रभावबारे समिक्षा गरिएको थियो । त्यस्तै तरलता व्यवस्थापनको रणनीतिको कारण ऋण लगानीमा देखिएको सिथिलताबारे समेत चर्चा तथा समिक्षा गरिएको सहकारीले जनाएको छ ।

    प्रमुख अतिथि गुरुङले टुगा सहकारी एकीकरण भए पछि अझै सशक्त रुपमा आफ्नो क्रियाकलाप अगाडी बढाउन सफल भएको बताए । उनले आफ्नो कार्यक्षेत्रमा सहकारी अभियानलाई अगाडी बढाएको देख्न पाएकोमा आफूलाई खुसी लागेको बताउँदै आगामी दिनहरुमा अझै प्रगति गर्दै जाओस् भन्दै शुभकामना व्यक्त गरे ।

    संस्थाका उपाध्यक्ष परसुराम बास्तोलाको स्वागत कार्यक्रम तथा सचिव जित बहादुर रास्कोटीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मुख्य प्रबन्धक लक्ष्मण कुमार थापाले  समिक्षागत सामग्री प्रस्तुतीकरण गरेका थिए ।