२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

लायन्स ३२५ पी को गभर्नरमा उमंग देवकोटाको उम्मेदवारी 

शनिवार , माघ २९, २०७८

तिलोत्तमा, २९ माघ ।
लायन्स क्लब डिष्ट्रिक ३२५ पी को आगामी नेतृत्वको लागी उमंग देवकोटाले डिष्ट्रिक गभर्नर पदमा उम्मेदवारी दर्ता गर्राका छन् । लायन्स जिल्ला ३२५ पी को आगामी नेतृत्वको लागी उनले उम्मेदवारी दर्ता गरेका हुन । 

लायन्स डिष्ट्रिक ३२५ बी २ नेपालका चिफ डिष्ट्रिक एड्भाइजर रहेका उनले गभर्नर पदमा उम्मेदवारी दर्ता गरेसँगै लायन्स जिल्ला ३२५ पी मा चुनावी सरगर्मी समेत बढेको छ । लामो समयदेखि लायन्सको विभिन्न पदमा रहेर काम गर्दै आएका देवकोटाले शुक्रबार एक कार्यक्रमकाबीच उम्मेदवारी दर्ता गरेका हुन् । 

भैरहवामा एक समारोहकाबीच निर्वाचन मनोनयन समितिका सदस्य महेशचन्द थापा समक्ष आफ्नो उम्मेदवारी दर्ता गर्दै उनले लायन्स जिल्ला ३२५ बी २ मा प्रजातन्त्रको अर्को अभ्यास निर्वाचनको माध्यमबाट अगाडी बढ्नुपर्ने आवश्यकतालाई महसुस गर्दै आफुले उम्मेदवारी दर्ता रहेको बताए । विगतमा भएका सहमतिको कार्यान्वयनको लागी मनोनयनको अन्तिम समयसम्म पनि आफूले कसरत गर्दै आएको भए पनि सहमति कार्यान्ययन नहुने भएपछि डिष्ट्रिक गभर्नर पदमा उम्मेदवारी दिएको बताए । 

लायन्स डिष्ट्रिक ३२५ पी को गभर्नर पदका निम्ति लायन्स क्लब अफ लुम्बिनीका पूर्वअध्यक्ष समेत रहेका उमंग देवकोटाको उम्मेदवारी दर्ताको क्रममा यस क्षेत्रका विभिन्न लायन्स क्लबका अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो । पछिल्लो समय लायन्स जिल्ला परिषद ३२५ बी २ का विभिन्न पदमा रहेर अनुभव सम्हालेका उनको उम्मेदवारीलाई यस क्षेत्रका लायन्स क्लबहरुले विशेष महत्वका साथ हेरेका छन् । देशभर रहेका ४ डिष्ट्रिकमध्ये डिष्ट्रिक ३२५ बी २ बाट रुपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तु र काठमाण्डौका केही क्लबहरु समावेश हुँदै डिष्ट्रिक ३२५ पी बनेको छ ।  मतदान डिष्ट्रिक ३२५ बी २ को  १० औ महाधिवेशनमा यही फल्गुन ७ गते चितवनमा हँबुदैछ ।