२०८३, बैशाख १ गते

Apr 14 2026 | २०८३, बैशाख १ गते

लियो प्रोग्रेसिभ सिद्धार्थनगरद्वारा बालगृहलाई खाद्यान्न सामग्री वितरण

शनिवार , माघ २९, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, २९ माघ ।
    लियो क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरले रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सिद्धार्थ बालगृहलाई खाद्यान्न सामग्री वितरण गरेको छ । बालगृहलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको क्लबका संस्थापक अध्यक्ष कमल परियारले बताए । बालगृहलाई आलु, दाल, नुन, तेल, सोयाबीन, चिया, चिनी, चाउचाउ लगायतका खाद्यान्न सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक सुनिल खनालले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि मायादेवी गाउँपालिका–८ का वडाअध्यक्ष चोक बहादुर थापाले लियो क्ल्ब अफ प्रोग्रेसिभ सिद्धार्थगरले पवित्र कार्य गरेको बताए । उनले बालगृहको जग्गाको लागि आफूले पहल गर्ने बताए । ‘बालगृहको लागि जग्गा आवश्यक भएको मैले जानकारी पाए, ’वडाअध्यक्ष थापाले भने ।

    IMG_1976.JPG

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य तथा लियो प्रोग्रेसिभ सिद्धार्थनगरका सल्लाहकार सरोज ठकुरीले बालगृहको जग्गाको लागि निरन्तर आवाज उठाउँदै आएको बताए । उनले बालगृहको लागि जग्गाको व्यवस्थापन भए भवन निर्माणको लागि सहयोग जुट्दै जाने बताए ।

    लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरका संस्थापक सचिव संजोगराज तिवारीले स्थापनाकालदेखि नै लियो प्रोग्रेसिभ सिद्धार्थनगरले रचनात्मक कार्य गर्दै आएको बताए ।

    बालगृहकी सञ्चालक कृष्णमाया गुरुङले आगामी दिनमा पनि बालगृहलाई सहयोग गर्न लियो क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरलाई आग्रह गरिन् ।

    लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथकी द्वितीय उपाध्यक्ष नीपा क्षेत्रीले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन आग्रह गरिन् ।

    लियो क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरका संस्थापक अध्यक्ष कमल परियारको अध्यक्षता, कार्यक्रम संयोजक सुनिल खनालको स्वागत, राहुल रेग्मीको ध्वजा अभिवादन, कमल घिमिरेको लियो प्लेज तथा क्लबका सचिव सुन्दर के.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।