
शुक्रवार , माघ २८, २०७८
भैरहवा, २८ माघ ।
नेपाल बाल संगठन जिल्ला कार्यसमिति रुपन्देहीले बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । संगठनले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित सडक आश्रित बालबालिका पुनःथापन केन्द्र सृजनशिल नेपालका बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो । १८ जना बालबालिकालाई ट्रयाक सुट वितरण गरिएको संगठनले जनाएको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरी देवी चौधरीले बालबालिकालाई ट्र्याक सुट वितरण गरेकी हुन् । आफ्नो जन्मदिनमा नेपाल बाल संगठन रुपन्देहीले यो अवसर जुराईदिएर मानवीय कार्यमा सहभागि पाएको भन्दै उपप्रमुख चौधरीले खुसी व्यक्त गरिन् । ट्र्याक सुटले बालबालिकालाई चिसोबाट जोगाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
नेपाल बाल संगठन रुपन्देहीका अध्यक्ष साजन भण्डारीले बालबालिकालाई परेको समस्या समाधानका लागि नेपाल बाल संगठन सदैव साथ रहेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका स्थानीय बाल अधिकार संरक्षण समिति संयोजक विमला श्रेष्ठ, नेपाल बाल संगठन रुपन्देही जिल्ला कार्यसमिति सदस्य तारा पुरी, सृजनशिल नेपाल संस्थाकी उपाध्यक्ष सबिना पोखरेल, कार्यालय प्रमुख दिपा बुढा मगर, लेखा सहायक विशाल थापा, संस्थाकी कार्यक्रम संयोजक प्रतिमा पन्थी, मीना कंडेल, देवी राणा लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij