
शुक्रवार , माघ २८, २०७८
भैरहवा, २८ माघ ।
जेसीआई सिद्धार्थ, नेपालले ‘नेपाल आइडल सिजन ४’ का प्रतियोगी भैरहवा निवासी भुपेन्द्र थापा मगरलाई सहयोग गरेको छ । भुपेन्द्रको भोटका लागि सहयोग रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।
शुक्रबार भैरहवास्थित जेसीआई सिद्धार्थ सचिवालयमा आयोजित एक कार्यक्रमकाबीच भुपेन्द्रका बुवा सेरु थापा र आमा रत्ना थापालाई २५ हजार रुपैयाँ हस्तान्तरण गरिएको कार्यक्रम संयोजक दीपक सापकोटाले बताए ।
जेसीआई सिद्धार्थ नेपाल वर्ष २०२२ का अध्यक्ष कमल जि.सी.को अध्यक्षता तथा तथा जेसीआई सिद्धार्थ नेपाल वर्ष २००६ का अध्यक्ष ओम कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले ‘भुपेन्द्र जिताउ अभियान’ सहयोगार्थ जेसीआई सिद्धार्थले सहयोग गरेको बताए । उनले दरखसवा आमा समूहद्वारा सुरु गरिएको अभियानलाई थप बल पुर्याउन उक्त रकम प्रदान गरिएको बताए ।
संस्थाका उपाध्यक्ष सम्राट थापाको आस्था पाठ तथा कोषाध्यक्ष सागर पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा जेसीआइ सिद्धार्थ नेपालका पुर्व अध्यक्षहरु, साधारण सदस्य, पर्यवेक्षक सदस्य लगायतको सहभागिता रहेको महासचिव लोकमणि भट्टराईले बताए ।
भुपेन्द्रलाई भोट गर्न बिहीबार राती साढे ९ बजेदेखि सोमबार दिउँसो १२ बजेसम्म मोबाइलको म्यासेज बक्समा ०३ टाइप गरेर ३७००० मा पठाउन सकिनेछ । त्यस्तै मोबाइलको प्ले स्टोरमा गइ सेल पे डाउनलाउड गरेर पनि भोट गर्न सकिनेछ । त्यसै गरी नेपालबाहिर (विदेश) बाट ‘सृष्टि’ एप्लीकेशन डाउनलोड गरेर भोट गर्न सकिनेछ ।
‘नेपाल आइडल सिजन ४’ एपीवान टेलिभिजनबाट प्रत्येक हप्ता बिहीबार र शुक्रबार प्रसारण भइरहेको छ । चौथो सिजनमा पुगेको नेपाल आइडल दर्शकमाझ लोकप्रिय छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij