२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

रुपन्देहीमा साढे १२ लाख बराबरको अवैध सामान बरामद

शुक्रवार , माघ २८, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा, २८ माघ ।
    रुपन्देही प्रहरीले साढे १२ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । १२ लाख ४९ हजार ५ सय ४० रुपैयाँ बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय तथा पशु पशु क्वारेन्टाईन कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय र कार्यालय मातहत प्रहरी इकाईहरुले आ–आफ्नो वडा एरियाहरुबाट अवैध सामान फेला पारी स्थानीयको रोहबरमा बरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए । ‘भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरिएको सामान बरामद गरिएको छ, ’डीएसपी पौडेलले भने ।

    जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय बेलहिया, लुम्बिनी, मर्चवार, धकधई, वडा प्रहरी कार्यालय भैरहवा, प्रहरी चौकी मैनहिवा, प्रहरी चौकी दुवेथुमुवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिकाका विभिन्न स्थान, तिलोत्तमा–९ स्थित मणिग्राम,  लुम्बिनी सांस्कृतिक न.पा. २ स्थित दुईमुहान, सम्मरीमाई गाउँपालिका–३ स्थित ठोठरी नाका, बाबुथमुवा, थुमुहवा चोक र रोहिणी गाउँपालिका–२ स्थित मैनिहवाबाट अवैध सामान बरामद गरेको हो ।

    बरामद गरिएका सामानहरुमा अटोसहित चिनी, कपडा, कस्मेटिकका सामान, मोबाइल चार्जर, ब्लुटुथ, मोटरसाइकलसहित कुखुरा, साडी, प्लाष्टिक बोरा, वाटर पु्रफ प्लाईउड लगायत रहेका छन् ।